Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

खोज तथा उद्दार तालिम

उद्‌घोष सम्वाददाता
५ चैत २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा सञ्चालनमा रहेको सात कार्यदिनको भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समापन भएको छ । 

फागुन २५ गतेबाट सञ्चालन भएको सो तालिम कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख भीमबहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले प्रहरी कर्मचारीहरूलाई खोज तथा उद्दार सम्बन्धि तालिम दिई उद्दार कार्यलाई थप प्रभावकारी बनाउन तालिम दिइएको बताए ।

उनले मानव जीवनमा आईपर्ने कठोर विपत्तिको उद्धार कार्यको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले आफूसँग भएका सीमित स्रोत साधनका साथै स्थानीय औजारहरुको समेत प्रयोग गरी प्रभावकारी रुपमा खोज तथा उद्दार कार्यमा खटिई मानवीय तथा भौतिक क्षेति न्यूनीकरण गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न कार्यालयहरुका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

View : 132

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved