विराटनगर : सोमबारको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले नियमावलीको व्यवस्था विपरीत बैठक सञ्चालन गरेको भन्दै नियमापत्ति जनाए ।
प्रदेशसभाको शुन्य समयमा सभा सदस्य किशोरचन्द्र दुलालले उभिएर बिरोध जारी राखेकै बेलामा सभाध्यक्ष मन्सुरीले नेपाली कांग्रेसका हिमाल कार्कीलाई बोल्ने समय प्रदान गरेको भन्दै अधिकारीले नियमापत्ति जनाए ।
बैठक चलिरहेको बेलामा प्रदेशसभा सदस्यले उभिएर बिरोध गरिरहँदा सभा सञ्चालन गर्न नमिल्ने प्रदेशसभा नियमावलीको व्यवस्थाविपरीत बैठकको कारवाही अघि बढाएकोमा अधिकारीले असन्तुष्टि व्यक्त गरेका थिए ।
नियमावलीको नियम (२५) मा बैठकसमक्ष तत्काल विचाराधीन रहेको विषयमा कुनै सदस्यलाई यस नियमावलीको नियम उल्लंघन भएको छ भन्ने लागेमा जुन नियम उल्लंघन भएको हो सो खुलाइ नियमापत्ति उठाउन सकिने व्यवस्था उल्लेख छ ।
View : 165
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved