Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

गोमन सर्पले डसेर केरावारीकी ६ वर्षीया बालिकाको मृत्यु

उद्‌घोष सम्वाददाता
३१ साउन २०८१, बिहिवार

विराटनगर । मोरङको केरावारीमा विषालु सर्पको डसाइबाट एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ । केरावारी–९ देविझोडा स्कुल चोकका मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको बुधबार साँझ मृत्यु भएको जनाइएको छ ।

घरको शौचालयमा गएको बेला उनलाई विषालु गोमन सर्पले डसेको थियो । सर्पले टोकेको जानकारी अभिभावकले ढिलो पाएका कारण उनको उपचारका क्रममै मृत्यु भएको जनाइएको छ ।

बालिकालाई उपचारका लागि सुनसरीको इटहरीस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । तर अस्पताल पुर्‍याए पनि मृत्यु भएको जनाइएको छ ।

समयमा उपचारका लैजान नपाउँदा बालिकाको मृत्यु भएको वडा नं. ९ का वडाध्यक्ष गोपाल याख्खाले बताए । उनी स्थानीय गोपाल मेमोरियल स्कुलमा अध्ययनरत रहेकी थिइन् ।

View : 221

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved