Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

त्रिवेणी सहकारीको अध्यक्षमा दुलाल

उद्‌घोष संवाददाता
२८ मंसिर २०८२, आइतवार

विराटनगर । विराटनगर महानगरपालिका–१ पोखरिया स्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

वार्षिक साधारणसभाले रुद्रप्रसाद दुलालको अध्यक्षतामा नौ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।  उपाध्यक्षमा बिमला बस्नेत थापा सचिवमा बाबुकाजी थापा र कोषाध्यक्षमा लिलाराम बास्तोला रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा कृष्णराज चौधरी, बन्दीका भट्टराई दाहाल, तुलसा न्यौपाने काफ्ले र ख्यामप्रसाद रिजाल सर्वसम्मत चयन भएका हुन् । 

लेखा सुपरीवेक्षक संयोजकमा शम्भुप्रसाद भट्टराई, सदस्यहरू लोकेन्द्र थापा र ईश्वर रिजाल चयन भएका छन् ।

ऋण उपसमितिमा एकराज पुरी र निलमकुमारी गच्छदार चयन भएका छन् ।

त्यसैगरी शिक्षा उपसमितिमा सुरेन्द्रकुमार सुवेदी र शकुन्तला भट्टराई सर्वसम्मत चयन भएका छन् ।

सहकारीको २८औं वार्षिक साधारणसभाका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले सहकारीले सामान्य अवस्थामा आर्थिक लगानी गरेर उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

साधारणसभाको अध्यक्षता गणेशप्रसाद उप्रेतीले गरेका थिए भने विराटनगर महानगरपालिकाले त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी घोषणासमेत गरेको छ । 

पछिल्लो समय देशैभरि विभिन्न सहकारी संस्थाहरु विवादित तथा आलोचित हुँदै गएको बेलामा विराटनगर–१ पोखरियास्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ट कार्य गरेबापत महानगरपालिकाले उत्कृष्ट घोषणा गरेको हो । 

विक्रम सम्वत २०५५ सालमा स्थापना भएको यस सहकारी संस्थाले राम्रो आर्थिक कारोबार गरेर सहकारी क्षेत्रमा विकास गरेको छ  । 

हाल यस सहकारी संस्थामा ५०५ जना सेयर सदस्य मात्र रहेको संस्थाका शेयर सदस्य यादव प्रसाद दुलालले जानकारी दिए । 

त्रिवेणी बचत तथा सहकारी संस्थाले कुनै पनि घरदैलो बचत कार्यक्रम ल्याएको छैन । संस्थाका सदस्यहरू मात्र सहकारीको हकदार भएकाले सदस्यहरूले मात्र कर्जा प्राप्त गर्ने गर्छन् ।

View : 197

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved