Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेसले कोशीमा खटायो केन्द्रीय प्रतिनिधि

उद्‌घोष संवाददाता
२१ माघ २०८२, बुधवार

विराटनगर । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि कोशीका १४ जिल्लासहित देशैभरी प्रतिनिधि तोकेर परिचालन गरेको छ । 

उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी दिएको हो ।

जिम्मेवारी पाएका नेताहरू अबको एक महिनासम्म सम्बन्धित ठाउँमा खटिनुपर्ने कांग्रेसले जनाएको छ । यसपालि निर्वाचनमा उम्मेदवार नरहेका पदाधिकारीलाई पनि कांग्रेसले निर्वाचनमा परिचालन गर्ने भएको छ ।

केन्द्रीय सदस्य, पूर्वपदाधिकारी, निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि निर्वाचनमा कांग्रेसले परिचालन गरेको छ । 

जसअनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापाका लागि सहमहामन्त्री डा डिला संग्रौलासहित भीष्मराज आइदेम्वे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा तोकिएका छन् ।

संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीका लागि  केन्द्रीय सदस्य अमृत अर्यालसहित मीन विश्वकर्मा, तारामान गुरूङ र उमेशजंग रायमाझीलाई तोकिएको छ । 

त्यस्तै सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी र सिरहाका लागि केन्द्रीय सदस्य बसन्त भट्टराईसहित नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जीलाई कांग्रेस केन्द्रले खटाएको छ । 
उनीहरूले जिल्ला–जिल्लाको निर्वाचन परिचालनको जिम्मेवारी सम्हाल्ने छन् ।

View : 184

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved