Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सवारी चालकको लापसे परीक्षण

उद्‌घोष संवाददाता
१० असार २०८२, मङ्गलवार

विराटनगर । ट्राफिक सप्ताह २०८२ को अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले गरेको आकस्मिक लापसे (लागू पदार्थ सेवन) परीक्षणको क्रममा ११ जना सवारी चालकले लागुपदार्थ सेवनगरी सवारी साधन कुदाएको फेला परेको छ । 

ट्राफिक प्रहरीले बुढीगंगा गाउ“पालिका–४ नेमुवामा ४२ वटा सवारी चालकको लापसे परीक्षणगर्दा ११ जनाले नशामा सवारी साधन कुदाएको भेटिएको हो । 

लापसे पोजेटिभ भेटिएका ११ जना सवारी चालकमध्ये २ जना बस चालक, म्याजिक चालक ३ जना, विन्गर चालक १ जना, स्कुटी चालक २  जना र ३ जना मोटरसाइकल चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । 

लापसे परीक्षणको क्रममा ट्राफिक प्रहरीले १० वटा सार्वजनिक बस, म्याजिक १० वटा,विईन्गर ८ स्कुटर ४ र ६ वटा मोटरसाइकल चालकको लापसे परीक्षण गरेको थियो । 

लापसे गरेका सवारीचालकहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । 

नियन्त्रणमा लिइएका सवारी साधन भने चालकका आफन्त तथा सवारी धनिलाई बुझाइएको उनले बताए । 

ट्राफिक सप्ताह २०८२ को अवसरमा आयोजना गरिएको सो कार्यक्रममा सवारी चालकहरूलाई ट्राफिक नियम सम्बन्धि सचेतना समेत गराइएको थियो । 

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यसहित असार ६ गतेबाट कोशी प्रदेशमा प्रदेशस्तरीय ट्राफिक सप्ताहका विविध कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

View : 351

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved