Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद, हवाई फायर गरेर २ जना नियन्त्रणमा

उद्‌घोष संवाददाता
१४ पुष २०८२, सोमवार

विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त गस्ती टोलीले एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद गरेको छ । प्रहरीले गाँजा ओसार पसारमा संलग्न दुईजनालाई हवाई फायर गरी नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा धनकुटाको शहिदभुमी गाउँपालिका–६ का निश्चल राई र साँगुरिगढी गाउँपालिका–२ का खगेन्द्र लिम्बु रहेका छन् ।

विशेष सूचनाको आधारमा आइतबार राति केराबारी गाउँपालिका–५ मा चेकजाँचमा खटिएको प्रहरीलाई देख्नासाथ प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरू भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

एम्बुलेन्सभित्र खानतलासी लिंदा १६ वटा पोका बनाएर लुकाई छिपाई राखिएको ५२१ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले राई र लिम्बुमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

View : 217

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved