विराटनगर । नेपाली कांग्रेस निकट लोकतन्त्रवादी इञ्जिनियर केन्द्र (सिडेन) कोशी प्रदेशको अध्यक्षमा भरतकुमार न्यौपाने विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा न्यौपानेले १५० मत प्राप्त गरेर आफ्ना प्रतिस्पर्धी महेश धिताललाई पराजित गरेका हुन्, जसले ८९ मत ल्याएका थिए।
समितिको उपाध्यक्षमा राजु तामाङ सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी, सचिवमा सचिन्द्रकुमार यादव, सहसचिवमा सविन खड्का र कोषाध्यक्षमा उज्ज्वल देव विजयी भएका छन्।
नवनिर्वाचित सदस्यहरूमा जङ्गबहादुरप्रसाद यादव, प्रभास गौतम, सिद्धार्थ कार्की, राहुलकुमार शर्मा, नन्दिनी चौधरी, कृष्णकुमार मण्डल, रबिन प्रसाईं, देवेन्द्रकुमार रौनियार, दिलिपकुमार यादव र विवेक गुप्ता रहेका छन्।
यसअघि सिडेन कोशीको अध्यक्षमा इटहरीका विकास भट्टराई थिए।
यसैगरी, सिडेनको आठौँ केन्द्रीय अधिवेशनबाट अध्यक्षमा रविभूषण झा विजयी भएका छन्। प्रदेश अध्यक्षहरूमा मधेसमा राजकिशोर भिनवार, बागमतीमा सुजन भट्ट, गण्डकीमा सिरस बास्तोला, लुम्बिनीमा अमित खनाल, कर्णालीमा आदित्यविक्रम शाह र सुदूरपश्चिममा रोशनप्रसाद भट्ट निर्वाचित भएको इन्जिनियर जयनाथ यादवले जानकारी दिए।
View : 406
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved