Biratnagar, Morang, Nepal
४ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

स्रोत नखुलेको सात लाख रकम बरामद

उद्‌घोष सम्वाददाता
२६ चैत २०८१, मङ्गलवार

विराटनगर । मोरङ प्रहरीले स्रोत नखुलेको भन्दै ७ लाख १५ हजार रुपैयाँ बोकेर हिडिरहेका एक व्यक्तिलाई विराटनगरबाट सोमबार पक्राउ गरेको छ ।

प्रहरीले सोमबार बिहानको राति महेन्द्र चोकबाट विराटनगर १५ का २४ वर्षीय रोहितकुमार साहलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार पक्राउ परेका साहलाई अनुसन्धानका लागि जिल्ला प्रहरीमा राखिएको छ ।

View : 139

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved