Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

षडानन्द जयन्तीमा रिजाल र अधिकारी सम्मानित

उद्‌घोष सम्वाददाता
२३ मंसिर २०८१, आइतवार

विराटनगर । आबाल ब्रह्मचारी बालागुरू षडानन्द प्रतिष्ठान विराटनगरले साहित्यकार मीना अधिकारीको चौथो कृति अमरज्योति षडानन्दलाई जीवनाथ–रमानाथ–पिता खड्गप्रसाद–षडानन्द स्मृति पुरस्कार–२०८१ बाट पुरस्कृत गरेको छ । 

समाजसेवी राजेन्द्रप्रसाद चापागाईंले आफ्नो पूर्वजको सम्मानमा सो पुरस्कार स्थापना गरेका हुन् । सो पुरस्कारको राशि १४ हजार रहेको छ ।

१९० औं षडानन्द जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कोमलकृष्ण अधिकारी र पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेशराज दाहालले सो पुरस्कार हस्तान्तरण गरेका हुन् । 

सोही समारोहमा समाजसेवी इन्दिरा रिजाललाई उनले षडानन्द अधिकारीलाई चिनाउन गरेको योगदानको कदर गर्दै ‘षडानन्द समाज सेवा सम्मान २०८१’ समर्पण गरिएको छ । 

रिजाल परिवारबाट षडानन्द प्रतिष्ठान इटहरीलाई प्रतिष्ठान स्थापनाको लागि भौतिक सहयोग गर्नुका साथै भोजपुरको दिङ्लामा अवस्थित षडानन्द गुरूकुलीय पाठशालालाई आर्थिक सहयोग प्रदान गरेको संस्थाका सचिव दिङ्लाली कान्छोले जानकारी दिए ।

सो कार्यक्रममा सुदीप अधिकारीद्वारा लिखित अनुसन्धानात्मक कृति नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द र साहित्यकार मीना अधिकारीद्वारा रचित चौथो काव्य अमरज्योति षडानन्द लोकार्पण गरिएको थियो । 

विमोचित कृतिहरूमाथि प्रा. प्रतिमा निरौलाले टिप्पणी गरेकी थिइन् ।

View : 112

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved