विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी सर्वसम्मत चयन भएका छन् । उनी १६ औं अध्यक्ष बनेका हुन् ।
शुक्रबारदेखि सुरु भएको ५२ औं साधारण सभाको बन्द सत्रले राठीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत घोषणा गरेको जनाइएको छ ।
वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल चयन भए । त्यसैगरी तीन उपाध्यक्षहरू मध्ये सुरेन्द्र गोल्छा (वित्तीय क्षेत्र), विपिन काबरा (कृषि, जलश्रोत, उर्जा) र सुवोध कोइराला (रोजगारदाता) चुनिए भने कोषाध्यक्षमा पारस लुनियाँ चयन भएका छन् ।
संगठनको कार्यसमिति सदस्यहरूमा दीपक कुमार अग्रवाल, जयेन्द्र कुमार शर्मा, सन्तोषकुमार भगत, सिद्धार्थ काबरा, सृजन प्याकुरेल, उकेश अग्रवाल, सौरभ शारडा, वीरेन्द्र राठी, प्रतिक राउत, पारस गोल्छा र किरण ब्यास सर्वसम्मत निर्वाचित समितिले जनाएको छ ।
वर्तमान अध्यक्ष राकेश सुरानाले पदस्थापन गरेर जिम्मेवारी हस्तान्तरण गरेपछि निर्वाचित कार्यसमितिको कार्यकाल सुरु हुनेछ ।
वि.सं. २०२४ सालमा पूर्वका उद्योगी व्यवसायीहरूको नेतृत्व गर्दै स्थापना भएको संगठनको संस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठ हुन् ।
२०४९ सालमा महेन्द्र गोल्छा अध्यक्ष भएपछि उद्योगी व्यवसायीको अझ बलियो संस्थाका रुपमा संगठनले संस्थागत स्वरुप प्राप्त गरेको थियो ।
View : 760
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved