विराटनगर । विराटनगरस्थित शिशु सेवा समितिले शनिबार पत्रकार राजु अधिकारीसहित विभिन्न क्षेत्रका चार जनालाई पुरस्कृत गरेको छ । बालबालिका र महिला हितका क्षेत्रमा सक्रिय समितिले चार जनालाई पुरस्कृत गरेको हो ।
संस्थाको ४१ औं वार्षिकोत्सव तथा संस्थापक सभापति शान्ता पोखरेलको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा शिशु सेवा पत्रकारिता पुरस्कार २०८१ बाट उद्घोष दैनिक एवम् सेतोपाटी अनलाइनका पत्रकार राजु अधिकारी पुरस्कृत भएका हुन् ।
राष्ट्रिय आदर्श आमा पुरस्कार २०८१ बाट मुना बस्नेत वेल्वासे पुरस्कृत भएकी छन् । उनी नेपालकी चर्चित महिला क्रिकेटर रुविना क्षेत्रीकी आमा हुन् ।
त्यस्तै शान्ता राष्ट्रिय उत्कृष्ट बाल पुरस्कार २०८१ बाट विराटनगरकी १३ वर्षीया श्रीदुला खनाल (नृत्यकला), तीर्थप्रसाद रानु स्मृति संगीत पुरस्कार २०८१ बाट झापाकी गायिका मुना सोरेन पुरस्कृत भएका थिए ।
राष्ट्रिय आदर्श आमा पुरस्कारको राशि १५ हजार ५०१ र अन्य तीन वटै पुरस्कारको राशि जनही ११ हजार १११ छ ।
कार्यक्रमकी प्रमुख अतिथि डा. ममता वर्मा, संस्थाका सभापति कविराज न्यौपाने, पूर्व सभापति मञ्जु रिजाल, पूर्वाञ्चल विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका प्रमुख प्राडा मेदिनी शर्मा नेपालले पुरस्कृतलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
शिशु सेवा समितिले प्रत्येक वर्ष पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गर्दै आएको संस्थाका सहसचिव धर्मराज भट्टराईले बताए
View : 629
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved