Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

झी पुचः मा नयाँ समिति चयन

उद्‌घोष संवाददाता
१५ भदौ २०८२, आइतवार

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचन भएका छन् ।

शनिबार विराटनगरमा सम्पन्न ३१ औं साधारणसभाबाट दुईवर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । 

संघको वरिष्ठ उपाध्यक्षमा सुरेशलाल श्रेष्ठ, उपाध्यक्षमा सुवासकुमार अमात्य, महासचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा सुरज श्रेष्ठ, सहकोषाध्यक्षमा हरिमोहन श्रेष्ठ र सचिवमा सञ्जु शाक्य निर्वाचित भएका छन् । 

त्यस्तै उदय डंगोल, सञ्जित श्रेष्ठ, जिना श्रेष्ठ, सुनिता बज्राचार्य, निश्चल श्रेष्ठ, आशीष श्रेष्ठ, मनोज श्रेष्ठ, राजकुमार श्रेष्ठ, कविता श्रेष्ठ, संयम श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् ।

View : 373

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved