Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

किड्स भिलेजमा श्रीकृष्ण जन्माष्टमी सम्वन्धी  नाटक प्रस्तुत

उद्‌घोष संवाददाता
३० साउन २०८२, शुक्रवार

विराटनगर। विराटनगर–५ स्थित किड्स भिलेज स्कुलले यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्वलाई भव्यताका साथ मनाएको छ। शुक्रबार कृष्णाष्टमीको पूर्व सन्ध्यामा   विद्यालयले विद्यार्थीहरूको सहभागितामा विविध कार्यक्रमहरू आयोजना गरी यो पर्व मनाएको हो।

सो अवसरमा विद्यार्थीहरूले द्वापर युगमा श्रीकृष्णको जन्म र उहाँले धर्मको रक्षा तथा अधर्मको विनाश गरेको कथामा आधारित नाटक प्रस्तुत गरेका थिए। नाटकमा माता देवकी र वासुदेवको कारागारमा भएको अवस्थादेखि श्रीकृष्णको जन्मसम्मका लीलाहरूलाई जीवन्त रूपमा देखाइएको थियो।

कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूले व्रत बसी, भजन–कीर्तन गरी र बालकृष्णलाई झूलामा झुलाएर (कोक्रोमा राखी हल्लाएर)आरती गरेका थिए। विद्यालयका प्रबन्ध निर्देशक पङ्कज जैनका अनुसार विद्यार्थीहरूले पर्वलाई हर्षोल्लासपूर्वक मनाएका छन्।

विद्यालयका प्राचार्य विजय दाहालले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई धर्म, भक्ति र सत्कर्मबारे ज्ञान प्रदान गर्ने र श्रीकृष्णको जीवन दर्शनबारे सिकाउन मद्दत पुग्ने बताए। यस्तै, शैक्षिक निर्देशक निरु पौडेलले श्रीकृष्णको उपदेशहरूको स्मरण गराउन पनि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

कार्यक्रममा किड्स भिलेजका अध्यक्ष मदन खतिवडा, निर्देशक नवजित प्रधानलगायत शिक्षक(शिक्षिका र विद्यार्थीहरूको उपस्थिति  थियो।

View : 843

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved