विराटनगर । विराटनगर–७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छन् ।
‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगिताको पक्षमा आˆनो तर्क राखेर थापा प्रथम भएकी हुन् । विद्यालयले दुई समूहमा बाँडेर प्रतियोगिता आयोजना गरेको थियो ।
कक्षा ८ देखि १० सम्मको समूहमा विपक्षमा तर्क राखेर कक्षा ९ की सरस्वती हेम्ब्रम द्वितीय र कक्षा ९ कै प्रशान्त कामत तृतीय भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र युवा पत्रकार वीरेन्द्रकुमार साहको निर्णायक समितिले पुरस्कृतहरूको नामावली सार्वजनिक गरेको थियो ।
त्यस्तै कक्षा ५ देखि ७ सम्मको समूहबाट कक्षा ६ की छात्रा प्रशिष्का बराल प्रथम भएकी छन् । ‘विदेशी संस्कृतिभन्दा नेपाली संस्कृति उत्तम’ विषयमा केन्द्रित वादविवादमा पक्षमा तर्क राखेर बराल प्रथम भएकी हुन् । त्यस्तै कक्षा ७ की छात्रा थनिसा पोखरेल द्वितीय र कक्षा ७ कै अदिती झाले तृतीय पुरस्कार प्राप्त गरेका थिए ।
विद्यालयका प्रिन्सिपलसमेत रहेका प्याब्सन मोरङका अध्यक्ष फ्रेमलाल सुवालले विद्यालयले अतिरिक्त त्रियाकलापमा जोड दिदै आएको बताए । विजेता विद्यार्थीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा दुई दर्जन विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
View : 282
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved