Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

मौद्रिक नीतिले थेगेन शेयर बजार

दोहोरो अंकले घटेको बजारमा ८ अर्बको कारोबार, बैंकिङ सूचकनै ओरालोमा

उद्‌घोष संवाददाता
३० असार २०८२, सोमवार

काठमाडौं । सकारात्मक मौद्रिक नीतिलाई स्वागत गरेर उच्च वृद्धि देखिएको भोलिपल्ट साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

सोमबार जलविद्तयुबाहेक सबै समूहका सूचक रातो भएका छन् ।

नेप्से ३५.०९ अंकले घट्दै २७२५.७१ को विन्दुमा बजार बन्द हुँदा ३२१ कम्पनीको ८ अर्ब १७ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।

वाणिज्य बैंकको सूचक सर्वाधिक २.४६ प्रतिशतले घटेको छ । यस्तै विकास बैंक १.४८, जीवन बीमा १.३६, अन्य १.२४, लघुवित्त १.२३, फाइनान्स १.१३ र निर्जीवन बीमा १.०५ प्रतिशतले घटेको छ ।

१९८ कम्पनीको सेयरमूल्य घटेको छ भने ५० कम्पनीको बढेको छ ।

सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड छ । उक्त कम्पनीको ४० करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै बुटवल पावरको ३९ करोड ४५ लाख, सानीमा बैंकको २४ करोड ७५ लाख, एनआइसी एसिया बैंकको २३ करोड ९० लाख र साहस ऊर्जाको १८ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

यसअघि आइतबार नेप्से २९ अंकले बढेर २७६०.८० विन्दुमा रहँदा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको थियो ।

View : 365

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved