Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयमा एमफिलको परीक्षाफल प्रकाशित

एमफिलमा राजु सापकोटाले ४ जीपीए ल्याई इतिहास रचे

उद्‌घोष संवाददाता
२७ पुष २०८२, आइतवार

विराटनगर, पुस २७। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एमफिल (व्यवस्थापन) को दोस्रो सेमेष्टर परीक्षाको नतिजा प्रकाशित भएपछि राजु सापकोटाले ४.० जीपीए (पूर्णांक) प्राप्त गरेर सर्वोत्कृष्ट स्थान हासिल गरेका छन्। विश्वविद्यालयले मङ्सिर २३ देखि २९ गतेसम्म सञ्चालन गरेको उक्त परीक्षाको नतिजा पुस २३ गते सार्वजनिक गरिएको हो।

व्यवस्थापन विषयका विद्यार्थीहरूले दोस्रो सेमेष्टरलाई चुनौतीपूर्ण मान्दछन्। इकोनोमेट्रिक्स र सेमिनार शृङ्खला जस्ता जटिल विषयहरू समेटिएको यस सेमेष्टरलाई प्रायः 'फलामे ढोका' भनेर चिनिन्छ। यस्तो कठिन अध्ययन तहमा  उर्लाबारी बहुमुखी क्याम्पसका प्राध्यापक  सापकोटाले पूर्ण अंक हात पारेर शैक्षिक उत्कृष्टताको नयाँ कीर्तिमान रचेका हुन्।

आफ्नो सफलताको कारण स्पष्ट गर्दै सापकोटा भन्छन्, "नियमित अध्ययन, सिकाइप्रतिको सतत उत्सुकता, अनुशासन र गुरुहरूको सही मार्गदर्शन नै यस सफलताको आधार हो।" प्राध्यापकको रूपमा कार्यरत रहँदै अध्ययनमा देखाएको उनको यो लगनशीलता विद्यार्थीहरूका लागि प्रेरणा स्रोत बनेको छ।

यसअघि पहिलो सेमेष्टरमा सशांक पोखरेलले उत्कृष्ट नतिजा देखाएका थिए भने दोस्रो सेमेष्टरको यस सफलतापछि विद्यार्थीहरू अब अनुसन्धान पत्र (थेसिस) लेख्ने तेस्रो सेमेष्टरमा प्रवेश गरेका छन्।

दोस्रो सेमेष्टर परीक्षाको नतिजा अनुसार एघार  जना उत्तीर्ण भएका छन् । जस अनुसार वित्तशास्त्र समूहबाट राजु सापकोटा (४ जीपीए) का साथै  सुशील कट्ठेत, ध्रुवकुमार श्रेष्ठ, डीके शाहले ३.९४ जीपीए ल्याई उत्तीर्ण भएका छन्  ।

त्यस्तै व्यवस्थापन समूहबाट कविता पौडेल, शशांक पोखरेल  र सुमित्रा खतिवडाले ३.८८ जीपीए, देवी कोइरालाले  ३ं.८१,  रमेश अधिकारीले ३ं७५ र अनुज दाहालले ३ं.६९ जीपीए ल्याई उत्तीर्ण भएका छन् । 

सो परीक्षामा उत्तीर्ण भएकी कविता पौडेलले परीक्षा  भएको तीन हप्तामा नै नतिजा निस्कनुले एमफिल अध्ययनरत विद्यार्थीमा थप उत्साह थपिएको बताइन् । 

२०२६ ब्याचका लागि भर्ना खुला

यसैबीच, पूर्वाञ्चल विश्वविद्यालयले २०२६ ब्याचका लागि एमफिल (व्यवस्थापन) कार्यक्रममा भर्ना खुला गरेको छ। सीमित सिट रहेको यस कार्यक्रममा इच्छुक र योग्य विद्यार्थीहरूले समयमै आवेदन गर्न सक्ने विश्वविद्यालयले जनाएको छ।

 स्नातकोत्तर दर्शनाचार्य र विद्यावारिधि कार्यक्रम निर्देशक  प्रा. डा. जीवनकुमार ढकालले बताए, "गुणस्तरीय उच्च शिक्षा र अनुसन्धानमा अग्रसर हुन चाहने विद्यार्थीहरूका लागि यो एक उत्कृष्ट अवसर हो।"

एमफिल तथा पीएचडी कार्यक्रम निर्देशक प्राडा जीवनकुमार ढकालसँग राजु सापकोटा 


 

View : 1952

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved