Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय

उद्‌घोष संवाददाता
१० असोज २०८२, शुक्रवार

विराटनगर । सरकारले कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आज राती १२ बजेबाट प्रदेश सभाको चालु सातौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जनाइएको छ । 

जेनजी समुहको उग्र प्रदर्शनका क्रममा प्रदर्शनकारीले कोशी प्रदेश सभाको सभा हल र सचिवालयमा आगजनी गर्दा पूर्ण रुपमा ध्वस्त भएको छ ।

सभा हल र सचिवालय नहु“दा प्रदेश सभाको बैठक बस्नै नसक्ने अवस्था रहेको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको बैठक अन्त्य भएको जानकारी प्रदेश सभालाई दिनेछन् । 

प्रदेश प्रमुखको पत्र अनुसार प्रदेश सभा सचिवालयले पनि सूचना निकालेर बैठक औपचारिक अन्त्य भएको जानकारी दिएको छ ।

View : 471

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved