Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

प्रतिनिधिसभा बैठकको नयाँ समय निर्धारण

उद्घोष सम्वाददाता
३० भदौ २०८१, आइतवार

काठमाडौँ, ३० भदौ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरेका छन् ।

आज दिउँसो १ बजेका लागि निर्धारण भएको बैठक प्रमुख दलका सचेतकहरुसँगको छलफलका कारण अनौपचारिक रुपमा एक घण्टा पर सारिएको थियो ।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका प्रमुख सचेतकको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)ले छलफलका लागि समय माग गरेको थियो ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले ‘जनयुद्ध’ लाई अपमान गर्ने भाषा नसच्याउँदासम्म बैठकमा विरोध जारी रहने निर्णय गरेको जनाएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सभामुखले प्रतिनिधिसभाको बैठकको नयाँ समय निर्धारण गरेको जानकारी दिएका छन् ।  रासस

View : 63

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved