विराटनगर । हिन्दु धर्मवादी पहिचान बनाएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले २७ औं पटकको दण्डप्रणाम सुरु गरेका छन् ।
उनले बिहीबार विराटनगर–३ ठुलो मिलस्थित शिव पाञ्चायन मन्दिरबाट परोपकार घाटसम्म २७ औं दण्डप्रणाम सुरु गरेका हुन् ।
पराजुलीले यसपटकको दण्डप्रणाम वैदिक सनातन हिन्दु राष्ट्रसहित लोक कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षाका लागि सुरु गरेको बताएका छन् ।
पराजुलीलाई उनका भतिज प्रमेश पराजुलीले दण्डप्रणाममा साथ दिइरहेका छन् ।
शिव पाञ्चायन मन्दिरमा बिहीबार बिहान साढे १० बजेदेखि उनले दण्डप्रणाम सुरु गरेका हुन् ।
आजै साँझ दण्डप्रणाम यात्रा सकेर पराजुलीले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घाटमा जाग्राम बस्ने जनाइएको छ ।
त्यस्तै शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरी प्रसाद ग्रहण र वितरण गर्ने जनाइएको छ ।
View : 114
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved