Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सुन्दरहरैंचाका ७८ भूमिहीन र सुकुम्बासी परिवारले पाए जग्गाधनी पूर्जा

उद्‌घोष संवाददाता
२० कार्तिक २०८२, बिहिवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित  बसोबासी परिवारहरूले आफ्नो बसोबासको भूमिमा कानुनी स्वामित्व प्राप्त गरेका छन् । 

बुधबार नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहका बीच वडा नम्बर ८ र १० का ७८ घरपरिवारलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिएको हो ।

कार्यक्रममा  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी, भूमि समस्या समाधान आयोग जिल्ला समिति मोरङका अध्यक्ष नवीन पौडेल, कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी तथा संविधान सभा सदस्य चन्द्रबहादुर गुरूङ लगायतको सहभागितामा जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिएको हो ।

नगरपालिकाका अनुसार, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको नापी विभाग र सुन्दरहरैंचा नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा भूमिहीन दलित र सुकुम्बासी परिवारहरूले वर्षौंदेखि बसोबास गर्दै आएको स्थानमा कानुनी स्वामित्व प्राप्त गरेका हुन् ।

View : 374

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved