Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

श्रृष्टि सहकारीको कुल आम्दानी २ करोड १५ लाख

उद्‌घोष सम्वाददाता
२३ मंसिर २०८१, आइतवार

विराटनगर । विराटनगर महानगरपालिका–२ स्थित श्रृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१÷८२ मा २ करोड १५ लाख ६२ हजार ५० हजार रूपैयाँ कूल आम्दानी गरेको छ । 

सहकारीको आफ्नै कार्यालयमा शनिबार सम्पन्न भएको २८ औं साधारणसभामा अध्यक्ष मोहनप्रसाद भट्टराईले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा २०८०÷८१ मा १ करोड ७१ लाख १२ हजार ८७५ रूपैयाँ ३३ पैसा कूल आम्दानी गरेको संस्थाले आव २०८१÷८२ मा २, करोड बढी आम्दानी गरेको हो ।

सहकारीको शेयर पूँजी २ करोड ४५ लाख ६६ हजार ३०० रूपैयाँ ८ करोड ५४ हजार १७ हजार २६३ रूपैयाँ ७५ पैसा बचत संकलन गरेको जनाइएको छ । सहकारीले ९ करोड ७२ लाख ४६ हजार २५५ रूपैयाँ ऋण लगानी गरेको छ । 

सहकारीमा ९५३ महिला र ५५५ पुरूष गरी १ हजार ९४८ जना शेयर सदस्यहरू रहेको अध्यक्ष भट्टराईले बताए । 

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मोरङको सल्लाहकार गोमा नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभाको सञ्चालन सचिव नारायणप्रसाद धमलाले गरेका थिए । 

सोही अवसरमा असल वचतकर्तातर्फ विराटनगर–३ का विनोद खतिवडा र बुढीगंगा–१ का लक्ष्मी परियार तथा रंगेली नगरपालिका–२ का बिष्णुकुमार थारू र धनपालथान गाउँपालिका–३ का देवन्तीकुमारी राजवंशी असल ऋषि घोषित भएको सहकारीका प्रकाश सापकोटाले जानकारी दिए । उनीहरूलाई सम्मानपत्र समेत प्रदान गरिएको उनले बताए ।

View : 95

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved