Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षादीपबाट साढे ११ सय विद्यार्थीको विदाई

उद्‌घोष संवाददाता
१६ चैत २०८२, सोमवार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा १२ का साढे ११ सय विद्यार्थीको भव्य कार्यक्रमका साथ विदाई गरेको छ ।

कलेजबाट विज्ञान संकायका ८८० र व्यवस्थापन संकायका २६० जना गरी एक हजार १४० विद्यार्थीहरूको सोमबार विदाइ भएका हुन् । शिक्षादीप फाउण्डेशनका अध्यक्ष एवं कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको उपस्थितिमा आयोजित कार्यक्रममा कलेजले विद्यार्थीहरूको विदाई गरेको हो ।

कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले नयाँ सरकारले विद्यार्थीको हितलाई ध्यानमा राखेर इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्स सञ्चालनमा रोक लगाउने निर्णय गरेकोमा स्वागत गरे । 

अब कलेजमै गुणस्तरीय तयारी कक्षाहरू सम्भव भइसकेकोले त्यस्तो व्यवस्था हटाउनु नै उपयुक्त हुने धारणा राखे । 

विद्यार्थीहरूको विदाई कार्यक्रममा विज्ञान संकायका मुख्य निर्देशक  रमेशकुमार मण्डल, व्यवस्थापन शंकायका मुख्य निर्देशक शैलेन्द्र सिवाकोटी, विज्ञानका संयोजक नवीनकुमार रोयलगायत कलेजका सञ्चालक सदस्यहरूको उपस्थितिे थियो । 

सो अवसरमा कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरू सिरिन भट्टराई, प्रगति अधिकारी, रितिक्षा भट्टराई र समिर डोटेलले कलेजमा भर्ना हुँदादेखि बिदाइ हुँदाको क्षण स्मरण गर्दै आफ्नो अनुभव सुनाएका थिए ।

View : 160

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved