Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मनमोहन प्राविधिक विश्वविद्यालयमा अस्पताल व्यवस्थापनका नयाँ विद्यार्थीलाई अभिमुखिकरण

उद्‌घोष संवाददाता
१४ मंसिर २०८२, आइतवार

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले अस्पताल व्यवस्थापन स्नातकोत्तर तहमा अध्ययन गर्ने नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरण सहित स्वागत गरेको छ  ।

मनमोहन विश्वविद्यालयको स्कुल अफ हेल्थ साइन्स अन्तर्गतको हस्पिटल मेनेजमेन्ट कलेजले शनिवार औपचारिक कार्यक्रम आयोजना गरी मास्टर्स अफ हस्पिटल एण्ड हेल्थकेयर मेनेजमेन्टको दोस्रो व्याच २०८२ का विद्यार्थीहरूलाई अभिमुखीकरण सहित स्वागत गरेको हो । 

कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले स्वास्थ्य क्षेत्रका डाक्टर, नर्स, प्रशासन र प्राविधिकतर्फका सबैले अध्ययन गर्नै पर्ने गरी अस्पताल व्यवस्थापन मास्टर्स तहको पाठक्रम बनाएर दुई बर्ष अघिदेखि पढाई सुरू गरेको बताए । 

उनले नयाँ र व्यवहारिक कोर्ष भएकैले एमबीबीएस र एमडी गरेका उपचारमा लामो समयदेखि संलग्न एलोप्याथिक मात्र नभएर होमियोप्याथिक र आर्युवेद तर्पmका डाक्टरहरू अनि नर्सिङ र प्राविधिकमा स्नातक र डिग्री उपाधि लिएकाहरूले समेत अस्पताल व्यवस्थापन अध्यन गरिरहेका छन् । 

धरानस्थित विजयपुर अस्पताल प्रालीका प्रशासन प्रमुख तथा अस्पताल व्यवस्थापनविज्ञ ईन्द्र नेपाल योञ्जनले स्वास्थ्यक्षेत्रमा धेरै बिषय पढेर पनि हस्पिटल म्यानेजमेन्ट पढेन भने ज्ञान सीप अधुरो हुने बताए । 

उनले अस्पताल व्यवस्थापनमा डिग्री लिएपछि  सफल प्रशासक बनेर जागिर खान मात्र नभएर आप्mनै अस्पताल सञ्चालन गर्न समेत सहज हुने बताए । 

मनमोहन प्राविधिक विश्विद्यालयको हस्पिटल म्यानेजमेन्ट कलेजकी कार्यक्रम निर्देशक प्रतीक्षा रेग्मीले अस्पताललाई सञ्चालन गराउनका लागि कुशल नेतृत्व उत्पादन गर्न आफूहरूले जोड दिइरहेको बताइन् ।

अभिमुखीकरणमा सहभागी डाक्टर, नर्स र दक्षप्राविधिक रहिसकेका दोस्रो समूहका विद्यार्थीहरूले आफ्नै देशमा आफूले चाहेको एकदमै व्यवहारिक कोर्ष पढ्न सस्तो खर्चमा पढ्न पाएकोमा मनमोहन विश्वविद्यालयाई धन्यवाद दिए । 

कार्यक्रममा मनमोहन विश्वविद्यालय एप्लाइड हेल्थ एण्ड साइन्सका डिन डा रेखा श्रेष्ठ, आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका प्राचार्य सुदिप अधिकारी, रोजगार अधिकृत प्रकृति भट्टराई, परीक्षा विज्ञ युवराज चौधरी लगायतको सहभागीता थियो । 

मनमोहन प्राविधिक विश्वविद्यालयले विदेशमा अध्ययन गरिसकेका विज्ञहरूबाट अस्पताल व्यवस्थापन एण्ड हेल्थकेयरको  नयाँ कोर्ष निर्माण गराएर २०८० देखि स्नातकोत्तर तहको पढाई सुरू गरेको हो ।

नेपालमा मेडिकल हेल्थ केयरबारे पोखरा विश्वविद्यालय र हस्पिटल म्यानेजमेन्ट र हेल्थकेयरबारे कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वद्यालयमा मात्र सेमेष्टर प्रणालीमा पहिलो वर्ष २४ जना र दोस्रो वर्ष २७ जनाको कोटा अनुसार भर्ना लिएर पढाई सञ्चालन गराउँदै आएको छ ।

View : 187

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved