विराटनगर : विराटनगर महानगरपालिकाले सेवामूलक विभिन्न संघसंस्थाहरुलाई विद्युतीय चुल्हो वितरण गरेको छ ।
महानगरमा १५७ वटा माग भएर आएकोमा बिहीबार १३९ वटा चुल्हो वितरण गरिएको वडा नम्बर ३ का वडाध्यक्षसमेत रहेका वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक वासुबहादुर बस्नेतले जानकारी दिए । एउटा संस्थालाई बढीमा १० वटासम्म चुल्हो वितरण गरिएको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीसहित सम्बन्धित वडाका वडाध्यक्षले विद्युतीय चुल्हो वितरण गरेका हुन् ।
कार्यक्रममा ज्येष्ठ नागरिक सेवा केन्द्र, मानव सेवा आश्रम, आधारभूत विद्यालय बालआश्रम, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, ज्येष्ठ नागरिक क्लबलगायतका संस्थालाई विद्युतीय चुल्हो हस्तान्तरण गरिएको महानगरको वातावरण शाखाका प्रमुख पुनमकुमार दाहालले जानकारी दिए ।
ग्यासको खपत कम गर्ने उद्देश्यले विद्युतीय चुल्हो वितरण गरिएको कार्यबाहक मेयर कार्कीले बताइन् ।
View : 504
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved