Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

सामुदायिक प्रहरीको स्वास्थ्य शिविर

उद्‌घोष संवाददाता
११ भदौ २०८२, बुधवार

Advertisement

विराटनगर । विराटनगरको तीनपैनीस्थित सामुदायिक प्रहरी सेवा केन्द्रले स्वास्थ्य शिविर आयोजना गरेको छ । 

सामुदायिक प्रहरीले तीनपैनी चोकमा मंगलबार बिहान स्वास्थ्य शिविर आयोजना गरेको हो । 

शिविरमा सर्वसाधारण तथा बटुवाहरुको रक्तचाप तथा तौल परीक्षण गरिएको थियो । शिविरबाट दुई सय बढीले सेवा लिएका छन् । 

आउँदो सातादेखि प्रत्येक शनिबार स्वास्थ्य शिविरलाई निरन्तरता दिइने सामुदायिक प्रहरी सेवा केन्द तीनपैनीकी अध्यक्ष मीना जोशीले जानकारी दिइन् । 

उनले शिविरमा सुगर, प्रेसर र तौल जाँच लगायतका सेवा उपलब्ध गराइने जानकारीसमेत दिइन् ।

View : 497

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved