Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

६ वर्षपछि हत्या आरोपी पक्राउ

उद्‌घोष संवाददाता
१ साउन २०८२, बिहिवार

विराटनगर । मोरङ पथरीका दीपक लिम्बूको हत्या गरी फरार रहेका पथरी शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई ललितपुर प्रहरीले पक्राउ गरेर बुधबार मोरङ पठाएको छ । 

विसं २०७६ चैत ९ गते दीपकको हत्या गरेर फरार रहेका दोर्जेलाई ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट मंगलबार पक्राउ गरिएको थियो । 

विगत छ वर्षदेखि फरार रहेका तामाङलाई उनकी  दिदी अनु तामाङको निवासबाट प्रहरीले पक्रेका होे । 

मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले दिएको जानकारी अनुसार उनलाई मोरङ  ल्याउनेवित्तिकै जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

तामाङविरुद्ध प्रहरीले २०७६ सालमा कर्तव्य ज्यान मुद्दा चलाएको थियो । उनी फरार रहेका कारण मुद्दा मुल्तबीमा थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले मुल्तवी जगाएर थप प्रक्रिया अघि बढाएको छ । 

प्रहरीका अनुसार हत्या गरेर फरार भएपछि तामाङले ठेगाना बदलेर बस्ने गरेको पाइएको छ । मानबहादुर लिम्बूको जाहेरीका आधारमा २०७७ वैशाख ३ गते तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

View : 346

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved