कपिलवस्तु, ८ भदौ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ ।
आज फुटबल खेलर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा रहेका छन् ।
खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पुर्याइयेकोमा अस्पतालले मृत घोषित गरेको जनाइएको छ । रासस
View : 137
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved