राजविराज । सप्तरीमा प्रहरीले २१ क्विन्टलभन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर टोलबाट स्थानीय ४७ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखियालाई गाँजासहित नियन्त्रणमा लिइएको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक प्रमोदकुमार साहको कमाण्डमा खटिएको टोलीले उनीहरूको घरमा कानुनबमोजिम खानतलासी गर्दा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
खानतलासीका क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजा बरामद भएको हो। डिजिटल तराजुमा तौल गर्दा भोलाको घरबाट बरामद गाँजा १ हजार ८३८ किलो ८७० ग्राम र मंगलको घरबाट २ सय ६१ किलो ५०० ग्राम रहेको प्रहरीले जनाएको छ ।
जम्मा २ हजार १०० किलो ३७० ग्राम अर्थात् २१ क्विन्टल ३७० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
View : 28
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved