विराटनगर । शिक्षक सेवा आयोगबाट सिफारिस भई मोरङमा आएका ३४ जना नयाँ शिक्षकलाई स्थायी नियुक्ति गरिएको छ ।
सामाजिक, अंग्रेजी, नेपाली, गणित, विज्ञान तथा विज्ञान विषयका विषय शिक्षकहरूलाई बुधबार शिक्षा विकास तथा समन्वय इकाइ मोरङको सभा हलमा नियुक्तिपत्र प्रदान गरिएको हो ।
सो अवसरमा जिल्ला शिक्षा समितिका अध्यक्ष अजम्बर राई सदस्य कुमार पोखरेल शिक्षा विकास र समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहाल लगायतले शैक्षिक गुणस्तर वृद्धिका लागि नयाँ शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए ।
मोरङका १७ वटा पालिकाका सामुदायिक विद्यालयहरूले विषयगत शिक्षकहरू पाएका छन् ।
View : 99
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved