विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपककुमार दाहाल र प्रदेश प्रेस रजिष्ट्रारमा लीलाराज भट्टराई नियुक्त भएका छन् ।
कोशी प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो । कोशी प्रदेश आमसञ्चार ऐन २०८२ को दफा ४ बमोजिम दाहाल अध्यक्षमा नियुक्त भएका हुन् ।
मन्त्रिपरिषद् बैठकले प्रेस रजिस्ट्रारमा सुनसरीका पत्रकार भट्टराईले नियुक्ति पाएका हुन् । प्रदेश प्रेस रजिस्ट्रारका लागि गठन भएको छनोट समितिको सिफारिस अनुसार भट्टराईले प्रदेश प्रेस रजिष्ट्रारमा नियुक्ति पाएका हुन् ।
मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको सातजना सदस्यहरू पनि नियुक्ति गरेको छ । सदस्यहरूमा शान्ति गौतम (मोरङ), ध्रुव ढकाल (सुनसरी), रमेशचन्द्र अधिकारी (धनकुटा), अर्जुन राजवंशी (झापा), विष्णुप्रसाद पोखरेल (झापा), माला पालुङ्वा (ताप्लेजुङ) र रेणु पराजुली (उदयपुर) ले नियुक्ति पाएका हुन् ।
११ सदस्यीय प्रतिष्ठानमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सञ्चार महाशाखा प्रमुख र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भने पदेन अध्यक्ष हुने व्यवस्था रहेको छ ।
प्रतिष्ठानले कोशी प्रदेशमा सञ्चालन हुने तथा सञ्चालनमा रहेका सञ्चार माध्यमको दर्ता, नवीकरण, अनुगमन तथा अभिलेखीकरण, सञ्चार माध्यमको विकास र प्रवद्र्धन तथा कोशी प्रदेशका पत्रकार र प्रदेशभित्रका सञ्चार माध्यमको क्षमता विकासको मुख्य काम गर्ने जनाइएको छ ।
View : 54
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved