सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–८ स्थित क्वेष्ट इङ्लिस स्कुलले आफनो १६औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन, कथा वाचन तथा नाटक प्रदर्शन गरेका थिए ।
सो अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद, मेडल, ट्रफी तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । साथै ‘स्टुडेन्ट अफ द इयर’ घोषणा गर्दै विशेष सम्मान प्रदान गरिएको थियो भने जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति पनि वितरण गरिएको थियो ।
नेपाल पत्रकार महासंघ मोरङका सदस्य बाबुराम निरौलालाई सञ्चार क्षेत्रमार्फत समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
त्यसैगरी, ज्येष्ठ नागरिक पवित्रादेवी ढकाललाई पनि समाजप्रतिको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो ।
उत्सवलाई थप आकर्षक बनाउन गायक टीका मगरको सांगीतिक प्रस्तुति र विद्यार्थीहरूबीच ‘सिङ्गिङ आइडल’ र ‘डान्सिङ आइडल’ प्रतियोगिता आयोजना गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति सदस्य केशव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका–८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अभिभावक, पूर्वविद्यार्थी, शिक्षक–कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रिन्सिपल दिपक क्षेत्रीले विद्यालयको शैक्षिक अवस्था, उपलब्धि तथा भावी योजनाबारे जानकारी दिदै प्रोजेक्टमा आधारित प्रविधिमैत्री शिक्षण पद्धतिमा विशेष जोड दिइएको बताए ।
View : 35
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved