दुहबी । सुनसरीको दुहबीमा आयोजित चौथो संस्करणको मिसेज तीज २०८१ को उपाधि दुहवी ८ की अस्मिता मण्डलले हात पारेकी छन् ।
२५ जना सहभागीहरुलाई उछिन्दै मण्डलले उपाधि जितेकी हुन् । उपाधिसहित मण्डलले ताज, उपहार र नगद २५ हजार १ सय प्राप्त गरेको आयोजक दुहबी जेसिजका अध्यक्ष प्रकाशकुमार साहले जनाए ।
प्रतियोगिताको प्रथम उपविजेता बबिता चौधरी घोषित भएकी छन् । उनले नगद २० हजार १ सय रुपैयाँ प्राप्त गरिन् । यसैगरी दोस्रो उपविजेता शान्ति रेग्मी घोषित भइन् । उनले नगद १५ हजार १ सय प्राप्त गरिन् ।
सो तीज बिशेष कार्यक्रममा उपाधि विजेताहरुलाई दुहबी नगर प्रमुख वेदनारायण गच्छादारले सम्मान प्रदान गरेका थिए ।
बिभिन्न बिधामा उत्कृष्ट १५ जनालाइ जनही ५ हजार १ सय नगदसमेत प्रदान गरिएको थियो ।
भदौ १३ गतेदेखि दुहबीमा सुरु भएको सो प्रतियोगितामा सुनसरीको दुहबी नगरपालिकाका १२ वटा वडा, गढी गाउँपालिका र मोरङको बुढीगंगा गाउँपालिका गरी २५ जना महिलाहरुको सहभागिता थियो ।
View : 115
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved