Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

खाल्साथुम कप भलिवल: भोजपुरले जित्यो महिला पुरुष दुवैको उपाधि

उद्घोष सम्वाददाता
१८ पुष २०८०, बुधवार

धनकुटा । धनकुटाको सहिदभूमि गाउापालिका–२ ढोलमुखामा आयोजित प्रथम खाल्साथुम कप अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ । महिला र पुरुषतर्फ बेग्लाबेग्लै भएको दुवै प्रतियोगिताको उपाधि भोजपुरले जितेको हो ।

पुरुषतर्फको फाइनल खेलमा हतुवागढी–७ लाई पराजित गर्दै हतुवागढी–९ भोजपुरले उपाधि जितेको छ । उपाधिसागै हतुवागढी–९ ले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हतुवागढी–७ ले २५ हजारमा चित्त बुझाएको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा धनकुटा, भोजपुर र तेह्रथुमका १३ टिमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो ।

महिलातर्फको फाइनल खेलमा पाख्रीवास–१० लाई हराउादै आमचोक–९ भोजपुरले उपाधि चुमेको हो । उपाधि विजेता आमचोकले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता पाख्रीवासले २० हजार हात पारेको छ । महिलातर्फको प्रतियोगितामा धनकुटा र भोजपुरका ९ टिम प्रतिष्प्रधामा उत्रिएका थिए ।

दुवै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि भोजपुरकै बनेका छन् । पुरुषतर्फको खेलमा हतुवागढी–९ का राजकुमार तामाङ र महिलातर्फको खेलमा आमचोक–९ का आरुसा तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भएर जनही २ हजार ५ सय पुरस्कार पाएका छन् । खेलको विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई सहिदभूमि गाउापालिका अध्यक्ष मनोज राई, वडाध्यक्ष खगेन्द्र राई, आयोजक खाल्साथुम छिन्ताङ युवा क्लवका अध्यक्ष अनिश पुमा राई लगायतले पुरस्कार प्रदान गरेका छन् ।

यसैबीच, कार्यक्रमलाई संवोधन गर्दै सहिदभूमि गाउापालिका अध्यक्ष मनोज राईले खेलकुद क्षेत्रको विकासका लागि सहिदभूमि गाउापालिकाले सक्दो प्रयास गरिरहेको बताए । खेलकुद क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहनका लागि पालिकाले सहयोग गरिरहेको भन्दै उनले यसलाई निरन्तरता दिइने धारणा राखेका छन् ।

View : 126

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved