Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

प्रिमियर ग्लोबल स्कुल मिस्टर एण्ड मिसको उपाधि कार्की र लिम्बूलाई

उद्घोष सम्वाददाता
१५ फागुन २०८०, मङ्गलवार

इटहरी, १५ फागुन । इटहरीको प्रिमियर ग्लोबल स्कुलले आयोजना गरेको मिस्टर एण्ड मिस २०८० को उफाधि दामोदर कार्की र सेयुङ लिम्बूले जितेका छन् ।

शैक्षिक तथा अतिरिक्त त्रियाकलापतर्फ पनि आफूलाई अब्बल साबित गर्दै आएको कलेजले मंगलबार आयोजना गरेको कार्यक्रममा कार्की र लिम्बूले मिस्टर एण्ड मिसको उपाधि जितेका हुन् ।

यस्तै आदित्यकुमार चौधरी र सन्ध्या चौधरी फस्ट रनरअप भएका छन् । हंशल कार्की र अल्फा चौधरी सेकेण्ड रनरअप भएका छन् । कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरूबीच गराइएको प्रतियोगिताअन्तर्गत मिस्टर एण्ड मिस २०७९ को उपाधि भने अभिनाष राई र कृतिका श्रेष्ठले जितेका छन् । फस्ट रनरअपको उपाधि हेमराज राई र दिलिसा लामाले हात पारेका छन् ।

करण धमला र कामना जिमी सेकेण्ड रनरअप भएका छन् । प्रतियोगितामा विभिन्न २६ बिधामा उत्कृष्ट प्रतियोगी छनौट गरिएको कलेजका सञ्चालक सुभाष लुईंटेलले जानकारी दिए ।

प्रतियोगिताको बिजेता छात्र तथा छात्राले नगद १० हजार, उपबिजेताले ७ हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार पाए ।

हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगताको विभिन्न बिधामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको कलेजले जनाएको छ । 

View : 121

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved