सुन्दरहरैंचा । मोरङको केराबारी गाउँपालिकामा क्षयरोगबाट प्रभावित बिरामीहरूलाई लक्षित गरी पौष्टिक आहार प्याकेज वितरण गरिएको छ ।
केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा पालिका अस्पताल परिसरमा आयोजित कार्यक्रममा पालिका भित्रका नौजना क्षयरोगीहरूलाई उक्त प्याकेज वितरण गरिएको हो ।
पौष्टिक आहार प्याकेजमा चामल ५० देखि १०० केजी, तेल २ लिटर, दाल २ केजी, बदाम १ केजी, अण्डा २ क्यारेट तथा सर्वोत्तम पिठो २ प्याकेट वितरण गरिएको थियो ।
क्षयरोगीहरूको पोषण अवस्था सुधार गरी उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगर, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, गाउँपालिका प्रवक्ता नारायणप्रसाद भुजेल, स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाईलगायत स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
View : 186
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved