Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
साहित्य

नोबेल सहकारीको ३७ औं साहित्यिक श्रृंखला

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

Advertisement

सुन्दरहरैंचा । नोबेल वचत तथा ऋण सहकारी साहित्यिक संस्था विराटनगर शाखाले आफ्नो नियमित रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर–४ स्थित दाहाल प्रतिष्ठानको सभाहलमा कार्यक्रमको आयोजना गरेर ३७ औं साहित्यिक श्रृंखला सम्पन्न गरेको हो ।  

विराटनगर प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव दिनेशराज सुवेदीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, कोशी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, सिर्जनामा इनरुवाका सचिव रमेन्द्र कोइराला, विराट मैथिल नाट्यकला केन्द्रका अध्यक्ष डोमी कामत, दाहाल प्रतिष्ठानका केन्द्रीय महासचिव सूर्यकुमार दाहाल, कवि राजेन्द्र गुरागाई, समीक्षक हरिप्रसाद दाहाललगायतको  सहभागिता  थियो । 

कार्यक्रममा उमानाथ भट्टराई अचल, गोपाल निर्भीक, भवानीप्रसाद पोखरेल, प्रिन्स प्रमोद ढकाल, प्रयाग न्यौपाने, पुष्पा सायरा, नानुमैया दाहाल, राधा सुवेदी, गीतादेवी पोखरेल, सुशीला प्रसाईं, स्वयम्भूनाथ कार्की, उद्धव केसी, ऋषि तिवारी, भूपाल अधिकारी, शैलेन्द्र घिमिरे, प्रेमप्रसाद रिजाल, नेत्र खतिवडा, शान्ता भट्टराई, केशव रिजाल, सिर्जना प्रसाई, कुमार श्रेष्ठ, रेनुका राई, श्रेया सापकोटा लगायतका स्रष्टाहरूले रचना वाचन गरेका थिए ।

कार्यक्रममा समीक्षक हरिप्रसाद बराललाई सम्मान गरिएको थियो ।

View : 560

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved