Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

अनशन स्थलबाट झ्याइँकुटी पारेर उठाइएका पूर्वमुख्यमन्त्री कार्कीलाई घरमा पुर्‍याइयो

उद्घोष सम्वाददाता
२५ भदौ २०८१, मङ्गलवार

विराटनगर । निषेधित क्षेत्रमा आमरण अनशनमा बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशनस्थलबाट नियन्त्रणमा लिएर घरमा पुर्‍याइएको छ । तर कार्की घर प्रहरीको भ्यानबाट झर्न नमानेको जनाइएको छ ।

मोरङ प्रहरी स्रोतका अनुसार कार्कीलाई विराटनगर–७ स्थित प्रदेश सभा सचिवालयको सय मिटर नजिकै अनसन स्थलबाट नियन्त्रणमा लिएर बुढीगंगा–२ टंकीस्थित घरमा पुर्‍याइएको हो ।

केहीबेर अघि उनलाई प्रहरीले बलपूर्वक नियन्त्रणमा लिएको थियो ।

कार्कीले आफू नेतृत्वको सरकारले ल्याएका कार्यक्रमलाई वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारले हटाएको भन्दै अनशनको घोषणा गरेका थिए ।

कार्की मोरङ प्रशासनले तोकेको निषेधित क्षेत्रभित्रै अनशनमा बसेका थिए । उनलाई प्रहरीले निषेधित क्षेत्र बाहिर अनशनमा बस्न समेत आग्रह गरेको थियो ।

कार्कीलाई नियन्त्रण लिने क्रममा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र कांग्रेसका नेता कार्यकर्ताहरु बीच घम्साघम्सी भएको थियो ।

प्रहरीले कार्कीलाई हात र खुट्टामा पक्रिएर झ्याइँकुटी पारेर नियन्त्रणमा लिएका थिए ।

View : 259

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved