विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरका व्यवस्थापन संकाय स्नातकोत्तर तह अन्तर्गत व्यावसायिक अध्ययन (एमबीएस) र जनप्रशासन (एमपीए) को दुईबर्षे पढाइ पूरा गरेका विद्यार्थीका लागि सोध प्रवन्ध (डिजरटेशन) लेखन सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । बुधबार भएको कार्यक्रममा एमबीएस र एमपीए दुवै समूहका एक सय ३४ विद्यार्थी सहभागी थिए ।
सो अवसरमा अनुसन्धानमूलक लेखन कसरी सहज रुपमा लेख्न सकिने बारेमा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डीन बिजु थपलिया, महेन्द्र मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरण, डा मोहन सुवेदी, डा जनकनाथ सापकोटा र जय महतोले सहजीकरण गरेका थिए ।
विद्यार्थीको सोध प्रवन्ध लेखन विधिका बारेमा जानकारी दिन एवम् क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरिएको व्यवस्थापन संकायका सहायक प्रमुख डा डिल्ली पोखरेलले बताए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरु सुजन घिमिरे, अप्सना खत्री, गिरिराज खतिवडा, ममता न्यौपानेले अभिमुखीकरण कार्यक्रम उपलब्धीमुलक भएको बताए ।
View : 429
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved