विराटनगर । थारु समुदायको भाषा, संस्कृति संरक्षणको उद्देश्य सहित गठन भएको हौली परिवार मोरङ–सुनसरीले ३० औं साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाले विराटनगरस्थित थारु सामुदायिक भवनमा विविध कार्यक्रमको आयोजना गर्दै साधारणसभा सम्पन्न गरेको हो ।
सो अवसरमा संस्थामा आबद्ध भएका ६० जना आजीवन सदस्यलाई सम्मान गरिएको छ । उनीहरूलाई प्रतिनिधिसभा सदस्य अमनलाल मोदी,कोशी प्रदेश सभा सदस्यद्वय जयप्रकाश चौधरी, सुनिता गच्छदार र आयोजक संस्थाका अध्यक्ष श्रवणकुमार सुतिहार थारुले सम्मान गरेका छन् ।
सो अवसरमा आयोजक संस्थाले प्रकाशित गर्दै आएको थारु भाषाको हौली नामक बार्षिक पत्रिकाको १७ ओैं अंकको विमोचन समेत गरिएको थियो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका मोरङ अध्यक्ष प्रदीपकुमार भगत थारु, आयोजक संस्थाका उपाध्यक्ष राजेश सरदार थारु, थारु हेल्पिङ ह्याण्सका उपाध्यक्ष राजेशकुमार चौधरी लगायतको सहभागिता थियो ।
सो अवसरमा स्थानीय कलाकारले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । मोरङ, सुनसरीमा थारु समुदायको २ लाख बढी जनसंख्या रहेको जनाइएको छ ।
View : 38
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved