Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

स्वदेशमै सेवा गर्ने प्रतिबद्धता

पूर्वका युवा डा अशोक श्रेष्ठ बने मुटुरोग विशेषज्ञ

उद्‌घोष संवाददाता
५ असार २०८२, बिहिवार

विराटनगर । पूर्वी नेपालको सङ्खुवासभा चैनपुरमा जन्मिएर सरकारी विद्यालयबाट अध्ययन पूरा गरेका युवा डाक्टर अशोक श्रेष्ठ छोटो उमेरमै मुटुरोग सम्बन्धी विशेषज्ञता हासिल  गरी  देशको गौरव बढाएका छन्। डा श्रेष्ठले बुत्रबार (२०८२ असार ४ गते ) पाकिस्तानको कलेज अफ फिजिसियन एण्ड सर्जनबाट एफसीपीएस इन कार्डियोलोजी उत्तीर्ण गरेका हुन्। यससँगै उनी मुटुरोग विशेषज्ञका रूपमा स्थापित भएका छन्।

हाल उनी काठमाडौंको नेशनल कार्डिक सेन्टरमा कार्यरत छन्। यसअघि उनले बी एण्ड बी हस्पिटल र मोरङको कोशी अञ्चल अस्पताल विराटनगरमा समेत मेडिकल अफिसरको भूमिकामा रहेर सेवा प्रदान गरिसकेका छन्।

सामाजिक तथा राजनीतिक पारिवारिक पृष्ठभूमिबाट आएका डा श्रेष्ठले पूर्वी नेपालका साथै समग्र स्वदेशमै रहेर नेपाली नागरिकहरूको सेवा गर्ने आफ्नो मन रहेको बताएका छन्। उनको यो सफलताले युवा पुस्तालाई प्रेरणा मिल्नुका साथै स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

View : 4167

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved