Biratnagar, Morang, Nepal
१ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराट मेडिकल कलेजमा ‘एचपीईडी–कन–२०२६’

उद्‌घोष संवाददाता
१ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (एचपीईडी) ले स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई एकै मञ्चमा ल्याउने उद्देश्यसहित ‘एचपीईडी–कन २०२६’ आयोजना गर्ने भएको छ ।

मोरङको बुढीगंगा–२ स्थित कलेज परिसरमा बिहीबारदेखि तीन दिनसम्म सञ्चालन हुने सम्मेलन ‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व ः नवप्रवर्तन, समावेशिता र प्रभाव’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो ।

मंगलबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एचपीईडी विभागका अध्यक्ष तथा सम्मेलन अध्यक्ष प्राडा हेमसागर रिमालले सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, फिलिपिन्स र बेलायत (यूके) लगायतका देशका ३०० भन्दा बढी स्वास्थ्य शिक्षाविद्, विशेषज्ञ र प्रशिक्षक सहभागी हुने जानकारी दिए ।

उनका अनुसार सम्मेलनले स्वास्थ्य व्यवसाय शिक्षामा देखिएका चुनौती, सुधारका सम्भावना र विश्वव्यापी अभ्यासबारे गहन छलफल गर्नेछ । 

कार्यक्रममा अनुसन्धानमूलक प्रस्तुति, अन्तरक्रिया, अनुभव आदानप्रदान तथा परामर्श सत्र सञ्चालन गरिनेछ ।

सम्मेलनमा मेडिकल चिकित्सक, नर्स, एलाइड हेल्थ प्रोफेसनल, फिजियोथेरापिस्ट, पब्लिक हेल्थ विज्ञ, स्वास्थ्य क्षेत्रका शिक्षक तथा विद्यार्थी, नीति निर्माता र अन्तर्राष्ट्रिय प्रशिक्षकको सहभागिता रहने जनाइएको छ । 

आयोजकका अनुसार स्वास्थ्य शिक्षा प्रणालीलाई समयानुकूल र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने बनाउने विषय सम्मेलनको प्रमुख केन्द्रमा रहनेछ । 

दक्षतामा आधारित चिकित्सा शिक्षा, गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवा, नयाँ प्रविधिको प्रयोग र पाठ्यक्रम सुधारजस्ता विषयमा विशेष सत्र सञ्चालन गरिनेछ । 

उक्त सम्मेलनमा स्वास्थ्य क्षेत्रमा संलग्न सरोकारवालाले महसुस गरेका चुनौती तथा समस्यालाई सम्बोधन गर्दै गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवा जनतासम्म पुर्याउन नयाँ प्रविधिको प्रयोग र पाठ्यक्रममा नयाँ अवधारणाका रूपमा रहेको दक्षतामा आधारित चिकित्सा शिक्षा को कार्यान्वयन, चुनौती तथा प्रभावबारे समेत विस्तृत छलफल हुने बताएको छ । 

सम्मेलन संयोजक डा. कोपिला अग्रवालले सम्मेलनबाट नेपालमा स्वास्थ्य व्यवसाय शिक्षा र स्वास्थ्य सेवा प्रणाली सुधारका लागि व्यवहारिक सुझाव तथा नयाँ सहकार्यका सम्भावना विकसित हुने अपेक्षा व्यक्त गरिन । 
सन् २०१६ मा स्थापना भएको एचपीईडीले आफ्नो १०औं वार्षिकोत्सवको अवसर पारेर उक्त राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।

View : 19

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved