Biratnagar, Morang, Nepal
१७ माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

आज सहिद दिवस : मुख्यमन्त्रीले लिए समृद्धि र विकासको संकल्प

उद्‌घोष सम्वाददाता
१६ माघ २०८१, बुधवार

Advertisement

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एकता, सम्वाद र सहकार्यबाट नै प्राप्त उपलब्धिलाई सस्थांगत गर्न सकिने बताएका छन् । बुधबार सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सहिदहरूको बलिदानले प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै पक्षले हातेमालो गर्नु पर्नेमा जोड दिए ।

सहिदहरुलाई चिरस्मरणीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबै आन्दोलनका सहिदहरु प्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

मुख्यमन्त्री कार्कीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको बलिदान स्मरण गरेका छन् । "उहाँहरूले देखाएको मार्गमा हिँड्दै प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्छ, समृद्ध, स्वतन्त्र र न्यायपूर्ण समाज निर्माण नै सहिदहरूप्रति सच्चा सम्मान हुनेछ" मुख्यमन्त्री कार्कीले भने ।

मुख्यमन्त्री कार्कीले सहिदहरूको योगदानको स्मरण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबै क्षेत्रको सहभागिता आवश्यक रहेको उल्लेख गरे । उनले मुलुकका लागि सुशासन, विकास र समृद्धि आवश्यक रहेको बताए । साथै शहिदको बलिदानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै सहिदका सपना साकार पार्न प्रदेश सरकार दृढ प्रतिबद्ध रहने उल्लेख गरे । 

मुख्यमन्त्री कार्कीले सहिदहरूप्रति सम्मान प्रकट गर्दै एकता, सद्भाव, संवाद र सहकार्यबाट मात्र राष्ट्रलाई समृद्ध बनाउने लक्ष्य हासिल गर्न सकिने बताए । कोशी प्रदेश सरकारले सहिद दिवसको अवसरमा प्रदेशभरी विभिन्न कार्यक्रम आयोजना हुने जनाएको छ ।

View : 53

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved