विराटनगर/ जे जसरी भए पनि पैशा कमाउने ध्याउन्नले गर्दा सहकारी समस्याग्रस्त भएको बताइएको छ । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले नाफा कमाउकै लागि सिद्धान्त भन्दा बाहिर गएर काम गर्दा सहकारी समस्याग्रस्त भएको बताए । राम्रा राम्रा सम्भावना बोकेका व्यक्तिहरु पनि पुर्पक्षका लागि जेलमा पुगेको बताउ“दै उनले सहकारीको नीति नियम भन्दा बाहिर गएर कारोबार गर्दा उनीहरु छानविनको दायरामा परेको बताए ।
मुख्यमन्त्री कार्कीले सहकारी हेर्नको लागि प्रदशेको क्षेत्राधिकार सीमित भएको र प्रदेशमा सहकारीको समस्या हल गर्नका लागि गत पुसमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी सो समितिले दु्रत गतिले काम गरिहरको बताए ।
सहकारी ऐन र सोस“ग सम्वन्धित अन्य कानुन कार्यान्वयनमा देखिएको समस्या र समाधानका उपायहरुको बारेमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा समितिका सदस्य जीवन काफ्लेले सहकारीले पैशा कमाउनका लागि रक्सीको व्यापारसमेत गरेको पाइएको बताए । उनले एक कार्यपत्रसमेत प्रस्तुत गरी सहकारी समस्याग्रस्त हुनुको कारण, समाधानका उपाय तथा सुझावहरु प्रस्तुत गरेका थिए ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा आयोजित सो कार्यक्रममा समितिका संयोजक वरिष्ठ अधिवक्ता भरतबहादुर थापा, सदस्य धनप्रसाद शिवाकोटी, प्रदेश सहकारी संघका अध्यक्ष डा डिल्ली पोखरेललगायतले मन्तव्य राखेका थिए ।
सो अवसरमा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलगायत सहकारीकर्मीहरुको सहभागिता थियो ।
View : 112
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved