Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

तेह्रथुमको फेदापमा भीषण आगलागी

उद्घोष सम्वाददाता
४ चैत २०८०, आइतवार

विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिका-१ सिम्लेमा भीषण आगलागी भएको छ । आगो गाउँभरी फैलिएको जनाइएको छ ।

पानीको अभावका कारण आगो नियन्त्रणमा कठिनाइ भइरहेको जनाइएको छ ।

अहिलेसम्म करिब १९ घर जलिसकेको वडा नम्बर १ का वडाध्यक्ष मन बहादुर श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार आगलागी भएको ठाउँमा प्रहरी टोली गइरहेको जनाइएको छ ।

शनिबार तेह्रथुमका अन्य स्थानमा पनि आगलागी भएको प्रहरीले जनाएको छ ।

View : 150

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved