Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

औषधि व्यवसायी संघ मोरङको अध्यक्षमा ढकाल निर्वाचित

उद्‌घोष सम्वाददाता
२९ पुष २०८०, आइतवार

विराटनगर, २९ पुस । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङको अध्यक्षमा देशबन्धु ढकाल निर्वाचित भएका छन् । शनिबार विराटनगरमा भएको संघको दोस्रो जिल्ला अधिवेशनमा आफ्ना प्रतिद्वन्द्वी सुदिनध्वज श्रेष्ठलाई ९२ मत अन्तरले हराउँदै ढकालले संघको नेतृत्वमा बाजी मारेका हुन् ।

ढकालले २१३ मत ल्याएर ढकाल अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी श्रेष्ठले १२१ मत मात्र प्राप्त पाएका छन्  । उनी यसअघि संघको उपाध्यक्ष थिए । पहिलो अधिवेशनमा पनि ढकालले उपाध्यक्षमा श्रेष्ठलाई  भारी मतान्तरले पराजित गरेका थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी निर्वाचित भएका छन् । रेग्मीले १९४ मत ल्याए । उनका प्रतिस्पर्धी विनोदकुमार यादवले १३७ मत मात्र पाए । वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका रेग्मी ढकाल समूहबाट उम्मेदवार थिए । यसैगरी खुद्रा उपाध्यक्षमा मुकेश श्रीवास्तव निर्वाचित भए । श्रीवास्तवले १८१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी पुष्प पोखरेल १४३ ल्याए । श्रीवास्तव श्रेष्ठ समूहका हुन् । पोखरेल ढकाल समूहमा थिए । 

थोक उपाध्यक्षमा भने जितु रजक निर्विरोध निर्वाचित भएका थिए । ढकाल समूहबाट उम्मेदवारी दिएका अनिल चौधरी शर्माले उम्मेदवारी फिर्ता लिएपछि रजक निर्विरोध भएका हुन् ।

यसैगरी महासचिवमा श्रेष्ठ समूहका अरुणकुमार ठाकुर निर्वाचित भए । ठाकुरले १९० मत ल्याएर महासचिवमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी ढकाल समूहका प्रकाश धिमालले १४३ मत पाए । कोषाध्यक्षमा मनोजकुमार मण्डलले १७८ मत ल्याएर निर्वाचित भए ।

मण्डल श्रेष्ठ समूहबाट चुनाव लडेका थिए । ढकाल समूहबाट चुनाव लडेका उनका प्रतिस्पर्धी बेदबहादुर थापा (गणेश)ले १५७ मत पाए ।

सचिवमा ढकाल समूहकी सरिता चौधरीले २०१ मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुदन पौडेलले १३२ मत पाए । सह—कोषाध्यक्षमा राजकुमार यादवले १९६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तुलासा विश्वकर्माले १३९ मत ल्याए । 

यसैगरी खुद्रातर्फको सदस्यमा सुनिलकुमार चौधरीले १९२ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी शंकर यादवले १४२ मत पाए । यसैगरी थोकतर्फको सदस्यमा राजेशकुमार मण्डलले २०८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी अञ्जु बस्नेतले ९७ मत ल्याइन् ।

खुला सदस्यहरुमा अरविन्द्रकुमार मण्डल १९०, गौरवप्रसाद साह १५५, किरणकुमार चौधरीले १८१ मत ल्याएर निर्वाचित भए । ४ सय १५ मत रहेको एनसीडीए मोरङमा ३ सय ५५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

View : 304

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved