विराटनगर । कोशी प्रदेशमा सीप विकास, उद्योग र रोजगारबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालन भएको सीप उत्सव कोशी प्रदेश ‘स्किल आइकन’ को छनोट गर्दै सकिएको छ ।
उद्योगको माग अनुसार दक्ष जनशक्ति उत्पादनका साथै रोजगारदाता र रोजगारी खोजीमा रहेका युवाबीच सम्वाद र समन्वयको प्रयास गरिएको यस उत्सवमा अटोमोवाइल्स, सूचना प्रविधि र होटल म्यानेजमेन्ट गरी ३ विद्यामा सीप प्रतिस्पर्धा गराइएको थियो ।
प्रतिष्पर्धामा मनमोहन स्मृति पोलिटेक्निक हात्तीमुडा मोरङका चन्द्रदेव यादव अटोमोवाइल विधामा, नरबहादुर कर्माचार्य वहुप्राविधिक विद्यालय सुनसरी इटहरीका विवश कोइराला होटल म्यानेजमेन्ट विधामा र पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठान दमक झापाकी सोनम नेम्वाङ सूचना प्रविधि विधामा विजेता भई कोशी प्रदेश ‘स्किल आइकन’ हुन सफल भए ।
तिनैजना विजेतालाई संगठनका अध्यक्ष्ँ राकेश सुराना र इन्स्योर हेल्भेटासका टिम लिडर रविन्द्रबहादुर सिंहले नगद र प्रमाण पत्र प्रदान गरे ।
उत्सवको पहिलो दिन पूर्व बाल विकास सहजकर्ता, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा ६ सय भन्दा वढी युवालाई प्रत्यक्ष तालिमको अनुभव गराई प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी सोही दिन उद्योग तथा व्यवसाय क्षेत्रका विज्ञहरूद्वारा १२ सय भन्दा वढी विधार्थी तथा युवाहरूलाई विभिन्न सत्रहरूको माध्यमबाट प्रेरणा, वृत्ति परामर्श र भविष्य निर्माणका लागि मार्गदर्शन गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।
समापन कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले प्राविधिक जनशक्तिको परनिर्भरता कम गर्नका साथै स्वदेश मै दक्ष जनशक्ति उत्पादनको प्रचुर सम्भावना रहेको सन्देश प्रवाह गर्न सीप उत्सव सफल भएको बताए ।
इन्स्योर हेल्भेटासका टिम लिडर रबिन्द्रबहादुर सिंहले प्राविधिक शिक्षा, सीप तालिम तथा डुअलभेट अप्रेन्टिसीप कार्यक्रमप्रति आकर्षण वढाई रोजगारीका अवसरहरू पहिचान र प्रवद्र्धन गर्न आगामी दिनमा इन्स्योर हेल्भेटासले अन्य प्रदेशहरूमा पनि सीप उत्सव आयोजना गरी केन्द्रीय स्तरमा अन्तिम प्रतिष्पर्धा गराई स्किल आइकन छनोट गर्ने बताए ।
संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले सीप उत्सव युवाका लागि अवसर र सम्भावनाको साझा चौतारी भएको बताउँदै दक्ष जनशक्ति उत्पादनमा सरकार, नीजि क्षेत्र र तालिम प्रदायक संस्थाहरू वीच हातेमालोको आवश्यकतारहेको आंैल्याए ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद कोशी प्रदेश, कम्प्यूटर एशोसिएसन अफ नेपाल महासंघ मोरङ, होटल एशोसिएसन अफ नेपाल कोशी प्रदेश, नेपाल अटोमोवाइल डिलर्स एशोसिएसनको सहयोगमा नीजि क्षेत्रको नेतृत्वमा सीप, दक्षता प्रदर्शन तथा वृत्ति परामर्श करियर काउन्सेलिङ र अनुभव साटासाट गर्ने अभिप्रायका साथ दुई दिने सीप उत्सव आयोजना गरिएको थियो ।
View : 90
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved