विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको प्रचारका क्रममा विराटनगर आइपुगेको टोलीसँग मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरूले भेटघाट तथा छलफल गरेका छन् ।
टोलीमा विभिन्न प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य, उद्योग वाणिज्य संघकाअध्यक्षहरू सहभागी थिए ।
संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा भएको सो कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहलगायतका पदाधिकारीहरू र कार्यसमिति सदस्यहरूको सहभागिता थियो ।
छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका उम्मेदवारहरूलाई सफलताका लागि शुभकामना व्यक्त गर्दै निजीक्षेत्रका उद्योगी व्यवसायीहरूको छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघमा उत्तरदायी, अनुभवी तथा क्षमतावान नेतृत्वका लागि संघले हरप्रकारले साथ, सहयोग र समर्थन गर्दै आएको जानकारी गराइएको थियो ।
View : 107
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved