विराटनगर । कपडाको अन्तर्राष्ट्रिय ब्राण्ड रेमण्डले आफ्ना विश्वब्यापी सहब्राण्डको सामुहिक बिक्री कक्ष (सोरुम) विराटनगरमा खुलेको छ ।
विराटनगरको मेनरोडस्थित सेन्ट्रल मलको व्यवस्थापनमा युवा व्यवसायी राकेश जैनले ५० लाख रुपैयाँको लगानीमा बुधबारदेखि सोरुम संचालनमा ल्याइएको हो ।
सोरुममा रेमण्डको सवैभन्दा महंगो कलर प्लससहित पार्क एभिन्यू, रेमण्ड र पाक्र्सका ब्राण्डेड कपडा खरिद गर्न पाइने जनाइएको छ ।
रेमण्डको ब्राण्डेड कपडा सिलगुडीमा मात्रै पाइँदै आएकोमा अब विराटनगरको सेन्ट्रल मलमा समेत सवै मोडलका कपडा उपलब्ध हुने संचालक जैनले जानकारी दिए ।
रेमण्डका तयारी कपडा तीन हजार रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म पर्नेछन् । सेन्ट्रल मलको भुईंतलाका स्टल नम्बर १२ र १३ मा सोरुम संचालनमा ल्याइएको हो । सोरुममा रेमण्डका तयारी टिसर्ट, कुर्ता, सर्ट, पेन्ट र कोट अनेकौं डिजाइनमा उपलब्ध रहेको उनले बताए ।
प्रदेश राजधानी भएकोले यहाँका सौखिन ग्राहकहरू ब्राण्डेड कपडा खरिदका लागि भारतको सिलिगुडी पुग्ने गरेको अवस्था अब अन्त्य हुने जनाइएको छ ।
संचालक जैनले रेमण्डको उद्योगबाटै तयारी कपडाहरू सिधै विराटनगर आउने जानकारी दिए । यसले गर्दा नेपालमा समेत तुलनात्मक रुपमा सस्तो दरमा ब्राण्डेड कपडा खरिद गर्न सकिने दाबी गरे ।
रेमन्डले सन् १९४४ यता उच्च वर्गीय, शालिन व्यक्तित्वको पोषाकको रुपमा प्रतिनिधित्व गर्ने पुरुष फेसनवेयरका तयारी कपडा उत्पादन गर्दै आएको छ ।
यो कम्पनी विस्तार हुने क्रममा सन् २०१५ मा विश्वकै पहिलो कपडा कम्पनीका रुपमा इतिहास बनाएको थियो ।
९७ वर्षको अनुभवयुक्त रेमन्ड बलियो फाइबर–टु–फाब्रिक उत्पादन क्षमता भएको प्रमुख कपडा उत्पादक हो । रेमण्ड विश्वमा सबैभन्दा छिटो बढ्दो फेशनको फेब्रिक ब्रान्ड पनि हो ।
View : 565
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved