Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बरगाछी क्षेत्रमा २२ घण्टा विद्युत अवरूद्ध

उद्‌घोष संवाददाता
१८ भदौ २०८२, बुधवार

विराटनगर । विराटनगरको बरगाछी, दुर्गाचौक आसपासका क्षेत्रको विद्युत सेवा २२ घण्टा अवरूद्ध भयो ।

सोमबार राति ९ बजेबाट अवरूद्ध भएको विद्युत मंगलबार बेलुका ७ बजे मात्र चालु भयो । 

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका अनुसार गर्मी याममा विद्युतको माग अत्यधिक बढेकाले ट्रान्सफर्मरले लोड थेग्न नसकेर तार हिट भएर जलेको हुँदा विद्युत सेवा अवरूद्ध भएको हो । 

प्राधिकरणका कामदारहरूको मंगलबार दिनभरिको मेहनतपछि साँझबाट विद्युत आपूर्ति हुन थालेको हो ।

बढ्दो विद्युत मागलार्ई धान्न ट्रान्सफर्मर थप्नु पर्नेमा स्थानीयले ट्रान्सफर्मर राख्न दिएका थिएनन् । 

मंगलबार स्थानीयहरू भेला भएर सो समस्याको समाधान गरेका छन् । 

नेपाल विद्युत प्राधिकरणले बुधबार ट्रान्सर्फमर थपेर समस्या समाधान गर्ने भएको छ ।

View : 297

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved